२०८३ असोज २३ गते शुक्रबार

साफ यू–२० महिला याम्पियनसिप : नेपालले श्रीलंकालाई ७–० गोलले हरायो

साफ यू–२० महिला याम्पियनसिप : नेपालले श्रीलंकालाई ७–० गोलले हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार ०९:००

यो जीतसँगै नेपालको तीन खेलमा ६ अंक भएको छ भने जीतविहीन बनेको श्रीलंकाले अकं जोड्न सकेको छैन ।
तीन खेलमा ९ अंक जोडेको घरेलु टोली बंगलादेश तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा ३ अंकसहित भूटान तेश्रो स्थानमा छ ।

नेपालले अब भोलि श्रीलंकासँग नै खेल्ने

पोखरा ।

साफ यू–२० महिला फुटबल च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकालाई हराएको छ ।

वर्षाका कारण निर्धारित समयभन्दा डेढ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलले हरायो ।

बंगलादेशको बसुन्धरा किंग्स् एरिनामा हिजो राति भएको खेलमा नेपालका लागि मीना देउवाले ह्याट्रिक गोल गरिन् ।

यस्तै पुर्णिमा राईले दुई, समिक्षा मगर र सरिताकुमारी नाथले समान एक गोल गरे । खेलको आठौं मिनेटमा मिनाले गोलको खाता खोलिन् ।

त्यस्तै १३ औं मिनेटमा समिक्षाले अग्रता दोब्बर बनाइन् । श्रीलंकन खेलाडीले क्लियर गर्न नसकेको बललाई समिक्षाले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो ।

खेलको ४२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो । माया मास्केको लङ रेन्ज प्रहारलाई श्रीलंकाकी गोल किपर थारुसिका डि डोडा मगोडागीले बचाए पनि रिबाउन्डमा मिनाले सेकेन्ड बारमा हानेको प्रहार पोलमा लाग्दै गोल भयो ।

पहिलो हाफको इन्ज्युरी टाइममा पूर्णिमा राईले दुई गोल गरिने । थप गरिएको ४ मिनेटको दोस्रो मिनेटमा काउन्टर एटयाकमा बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लियो ।

यसपछि इन्ज्युरी समयको चौथौ मिनेटमा पूर्णिमाले हानेको प्रहार किपरको हातमा लागेर गोलमा परिणत भयो र पहिलो हाफमा नेपालले ५–० को अग्रता बनायो ।

दोस्रो हाफमा भने श्रीलंका विरूद्ध नेपालले दुई गोल मात्र गर्न सक्यो ।

यो जीतसँगै नेपालको तीन खेलमा ६ अंक भएको छ भने जीतविहीन बनेको श्रीलंकाले अकं जोड्न सकेको छैन ।

तीन खेलमा ९ अंक जोडेको घरेलु टोली बंगलादेश तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा ३ अंकसहित भूटान तेश्रो स्थानमा छ ।

पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपाल दोस्रो खेलमा आयोजक बंलादेशसँग ३–२ होल अन्तरले पराजित भएको थियो ।

हिजै भएको पहिलो खेलमा बंगलादेशले भूटानलाई ४–१ गोलले हरायो ।

प्रतियोगितामा नेपाल, बंगलादेश, भूटान र श्रीलंका गरी चार वटा देश सहभागी छन् ।

नेपालले अब भोलि बिहीबार श्रीलंकासँग नै खेल्ने छ । त्यस्तै नेपालले साउन ३ गते भूटानसँग र साउन ५ गते बंगलादेशसँग खेल्ने तालिका छ ।

डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०९:००
हजुरको प्रतिक्रिया