पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको समृद्धिबिना राष्ट्रको समृद्धि असम्भव रहेको बताएका छन् ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्दै १७ हजार ३ सय रुपैयाँबाट १९ हजार ५०० रुपैयाँ पुर्याउने निर्णय गरेपछि उनको यस्तो भनाइ आएको हो ।
उनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै श्रमिकको सम्मान र भविष्यलाई सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् बताएका छन् ।
उनले श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने बताए ।

श्रमिकहरूको मेहनत र योगदानले नै राष्ट्रको समृद्धि र विकासलाई सम्भव बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि असम्भव भएको टिप्पणी गर्दै सबैको कडा मेहनतको मूल्यांकन गर्नुपर्ने र यसका लागि सरकारले सधैं काम गर्ने बताए ।
प्रधानमन्त्री ओलीले श्रमिकको जीवनस्तर सुधार गर्न र उनीहरूको योगदानको उचित मूल्यांकन गर्न यो निर्णय महत्त्वपूर्ण हुने पनि जिकिर गरेका छन् ।
सरकारले श्रमिकको भविष्यलाई सुरक्षित बनाउने दृष्टिकोणबाट यो निर्णय लिएको उनको भनाइ छ ।
श्रमिकहरूको सशक्तीकरण नै राष्ट्रको सशक्तीकरण रहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् स्पष्ट पारेका छन् ।
प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार ०९:४७




