पोखरा ।
बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनशिपमा आज नेपाल र भूटान खेल्दैछन् ।
खेल बंगलादेशको बसुन्धरा स्पोट्र्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि शुरू हुनेछ ।
प्रतियोगितामा नेपाल र भूटानले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलले हराएको थियो ।
यसअघि नेपालले श्रीलंकासँगका दुई खेलमा जीत निकालेको थियो । नेपालले श्रीलंकालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो ।
त्यस्तै आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ गोलले पराजित भएको थियो । बंगलादेशले चार खेलमा जीत निकालेको छ ।
अंक तालिकामा बंकलादेश १२ अंकका साथ शीर्ष स्थानमा छ भने नेपाल समान खेलमा ९ अंकका साथ दोस्रो स्थानमा छ ।
साफ च्याम्पियनसिपअन्तर्गत आज बेलुका बंगलादेश र श्रीलंका खेल्दैछन् ।
यसपछि नेपालले आउँदो सोमबार बंगलादेशसँग खेल्ने तालिका छ ।
प्रतियोगितामा घरेलु टोली बंगलादेशसहित नेपाल, भूटान र श्रीलंका सहभागी छन् ।
खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ । सबै खेल सकिएपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।
प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार ०९:१६




