२०८३ साउन २१ गते बिहीबार

इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह

इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ५ गते आइतबार ०९:२७

जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, जनसंख्याको चाप, अव्यवस्थित बसोवासको चुनौतिको सामना गरिरहेको स्मरण गर्दै यस्तो अवस्थामा इन्जिनियरहरुले प्राविधिक समाधान दिनुका साथै नीति निर्माण तहमा समेत योगदान गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताएका छन् ।

शनिबार ललितपुरमा ६३ औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आज शहरीकरण त्रिब रुपमा बढिरहेको भन्दै प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताए ।

इन्जिनियरहरुबाटै योजनावद्ध र समावेशी शहरीकरण सम्भव रहेको उनको भनाइ छ ।

सडक, खानेपानी, जनविकास, आवास, सार्वजनिक भवन निर्माण, हरित पूर्वाधार निर्माणमा इन्जिनियर आर्किटेक्टहरुको योगदान अनुपम रहेको उनले उल्लेख गरे ।

जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, जनसंख्याको चाप, अव्यवस्थित बसोवासको चुनौतिको सामना गरिरहेको स्मरण गर्दै यस्तो अवस्थामा इन्जिनियरहरुले प्राविधिक समाधान दिनुका साथै नीति निर्माण तहमा समेत योगदान गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

इन्जिनियरहरुलाई पेशागत सशक्तिकरण सरक्षात्मक कार्यको वातावरण र स्पष्ट वृद्धि विकासको मार्गमा सहयोग गर्न सरकार सदैव सकारात्मक रहेको पनि उनले स्पष्ट पारे ।

उपप्रधानमन्त्री सिंहले भने, ‘आजको शहरीकरणको तिब्र गतिमा हामीलाई इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको छ । योजनावद्ध र समावेशी शहरीकरण सम्भव छ । यो इन्जिनियरहरुको सक्रिय सहभागिता बिना कल्पना गर्न सकिँदैन । सडक, खानेपानी, जनविकास, आवास, सार्वजनिक भवन निर्माण, हरित पूर्वाधार निर्माणमा इन्जिनियर आर्किटेक्टहरुको योगदान अनुपम छ । हामी अहिले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, जनसंख्याको चाप, अव्यवस्थित बसोवासको चुनौतिको सामना गरिरहेका छौँ । यस्तो अवस्थामा इन्जिनियरहरुले प्राविधिक समाधान दिनुका साथै नीति निर्माण तहमा समेत योगदान गर्नुपर्ने आवश्यकता देखिएको छ । इन्जिनियरहरुलाई पेशागत सशक्तिकरण सरक्षात्मक कार्यको वातावरण र स्पष्ट वृद्धि विकासको मार्गमा सहयोग गर्न सरकार सदैव सकारात्मक छ ।’

उपप्रधानमन्त्री सिंहले इन्जिनियर भनेको पूर्वाधार निर्माण गर्ने व्यक्तिमात्र नभइ नवप्रवद्र्धन, सुरक्षित आप्रवास, वातावरणीय सन्तुलत तथा दिगो शहरी विकासका लागि आधारशिला भएको बताए ।

प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार ०९:२७
हजुरको प्रतिक्रिया