२०८३ साउन २१ गते बिहीबार

काँग्रेस पूर्वपदाधिकारीको बैठकः ‘सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस्’

काँग्रेस पूर्वपदाधिकारीको बैठकः ‘सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस्’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ०९:४३

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको बताए ।
सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने कुरा आफूहरुले राखेको उनले बताए ।

काठमाडौं ।

नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा बसेको छ ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहेका काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा सोमवार बसेको बैठकले सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारी रुपमा अघि बढाउनेबारेमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको बताए ।

सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने कुरा आफूहरुले राखेको उनले बताए ।

यसबारेमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यसबारे ध्यानाकर्षण गराउने र आफूहरुले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर यसबारे जानकारी गराउने जानकारी दिए ।

गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न जरुरी रहेको बैठकको निष्कर्ष छ ।

संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्नेकुरा सरकारले अघि नबढाएकोमा चासो व्यक्त भएको पनि पनि उनले उल्लेख गरे ।

सरकार बन्दा सभापति देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीबीच भएको समझदारीअनुसार संविधान संशोधनको मुद्दा अड्किएको छ ।

संविधान संशोधनलाई अब अघि बढाउनुपर्ने आफूहरुको निष्कर्ष रहेको उनले जिकिर छ ।

संविधान संशोधनका लागि सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल भएको उनले बताए ।

उनले भने, ‘आज हामी नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल ग¥यौँ । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर नेपाली काँग्रेसबाट सरकारमा नेतृत्व गर्नुभएका उपप्रधानमन्त्रीज्यु प्रकाशमान सिंहलाई भनेका छौँ । उहाँले प्रधानमन्त्रीज्युसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस् । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्ने भन्ने सरकारको नीति तथा कार्यक्रममा पनि छ । पार्टीले निर्णय पनि गरेको छ । सरकार बन्दा सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको समझदारीमा संविधान संशोधनको कार्य अघि बढिरहेको छैन । त्यसलाई पनि अब अघि बढाउनुपर्छ । नेपाली काँग्रेस पार्टीले र हामी सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल गरेका छौँ । यसबारे भोलि नै सभापतिजीलाई भेटेर जानकारी गराउँछौँ ।’

नेता सिटौलाले काँग्रेस—एमाले गठबन्धन ०८४ सम्मै जाने दाबी पनि गरे ।

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०९:४३
हजुरको प्रतिक्रिया