२०८३ असोज २५ गते आइतबार

तीन संसदीय समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ०९:४८

जसअन्तर्गत आज कानून, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ ।

काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गतका तीनवटा समितिको आज बैठक बस्दैछ ।

जसअन्तर्गत आज कानून, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ११ बजे बस्ने कार्यसूची तय भएको छ ।

सो समितिको बैठकमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै दिउँसो १ बजे बस्ने कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची छ । यो समितिको बैठक अपराह्न ३ बजे बस्नेछ ।

समितिमा भने लगातार यही विधेयकमाथि छलफल भइरहेको छ ।

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०९:४८
हजुरको प्रतिक्रिया