२०८३ असोज २५ गते आइतबार

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने एमाले केन्द्रीय कमिटीको निर्णय

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने एमाले केन्द्रीय कमिटीको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ८ गते बुधबार ०९:४०

योसँगै पूर्वराष्ट्रपति राजनीतिमा फर्किने निर्णयमा एमालेले ढोका बन्द भएको छ ।
एमालेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रपति एकताको प्रतीक भएकोले दलको कार्यकर्ता हुन आउन नहुने निष्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णय गरेको छ ।

मंगलबार सकिएको बैठकले भण्डारीको सदस्यता नवीकरण गर्न नसक्ने निष्कर्ष पनि निकालेको छ ।

पार्टीको धारा ८ र ९ देखाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।

योसँगै पूर्वराष्ट्रपति राजनीतिमा फर्किने निर्णयमा एमालेले ढोका बन्द भएको छ ।

एमालेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रपति एकताको प्रतीक भएकोले दलको कार्यकर्ता हुन आउन नहुने निष्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउँदै गौतमले पार्टीको उक्त निर्णयमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएको बताए ।

त्यस्तै, बैठकले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुने निर्णयले गलत नजिर बस्ने निष्कर्ष पनि निकालेको छ ।

गौतमले पूर्वराष्ट्रपति दलको कार्यकर्ता हुनु स्थापित मान्यताको विपक्षमा हुने पनि बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय र पदाधिकारी १५ जनाको हुने निर्णय गरेको जानकारी पनि गौतमले गराए ।

प्रकाशित मिति २०८२ साउन ८ गते बुधबार ०९:४०
हजुरको प्रतिक्रिया