काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिष्ट आन्दोलनको जनक भएको बताएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पिता भएको बताए ।
नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान अतुलनीय रहेको उनले जिकिर गरे ।
नेपालमा माक्र्सवाद प्रवेश गराउने व्यक्ति नै पुष्पलाल भएको उनको भनाइ छ ।
उनले भने, ‘कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पिता, नेपाली कम्युनिष्ट आन्दोलनका जनक भनेर बुझ्नुपर्छ । उहाँको योगदानका आधारमा हामीले मूल्यांकन गर्नुपर्छ । पुष्पलाल नै त्यो व्यक्तित्व हुनुहुन्छ, जसले नेपालमा माक्र्सवादको प्रवेश गराउनु भयो । सर्वप्रथम नेपालमा माक्र्सवादको प्रवेश गराउने नेपाली भाषामा माक्र्सवादको व्याख्या गर्ने पहिलो व्यक्ति हो पुष्पलाल । नेपालमा माक्र्सवाद प्रवेश गराउने, माक्र्सवाद साहित्यको सिर्जना शुरुवात गर्ने व्यक्तित्व पनि पुष्पलाल हो ।’
उपाध्यक्ष भुसालले पुष्पलालले शुरु गरेका कामहरु आज पनि अधुरा रहेको उनले बताए ।
मुलुकलाई समाजवादमा पु¥याउने लक्ष्य, नेपाली समाजको इतिहास नयाँ ढंगले लेख्नुपर्छ भन्ने लक्ष्य आज पनि अधुरो रहेको उनको भनाइ थियो ।
प्रकाशित मिति २०८२ साउन ८ गते बुधबार ०९:५०




