२०८३ असोज २५ गते आइतबार

पाँच संसदीय समितिको बैठक आज बस्दै

पाँच संसदीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १६ गते बिहीबार ०९:३४

जसअन्तर्गत बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसद्अन्तर्गत आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे छलफल हुनेछ ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।

सो समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमि व्यवस्था, सहकारी निवारण मान्त्रालयका मन्त्री, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरुसँग छलफल हुने कार्यसूची तय भएको छ ।

बिहान साढे ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठका मधेस प्रदेश लगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधानको लागि मन्त्रालयबाट भएका कामकारवाही बारेमा छलफल हुनेछ ।

त्यसैगरि आज दिउँसो १ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

बैठकमा मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०८२–०८३–२०८६–०८७) सम्बन्धी सुझावको मस्यौदामाथि छलफल सम्बन्धमा र नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को दफावार छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार ०९:३४
हजुरको प्रतिक्रिया