२०८३ साउन २१ गते बिहीबार

धेरै कमाउने शीर्ष ५ हलिउड फिल्मको सूची सार्वजनिक

धेरै कमाउने शीर्ष ५ हलिउड फिल्मको सूची सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १६ गते बिहीबार ०१:२५

सूचीको शीर्ष स्थानमा ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’

पछिल्लो समय नेपालमा हलिउड कमजोर बन्दै

काठमाडौं|
सन् २०२५ को ७ महिनामा नेपालमा धेरै कमाउने शीर्ष ५ हलिउड फिल्मको सूची सार्वजनिक भएको छ । जनवरी १ देखि जुलाई २८ सम्म प्रदर्शन भएका फिल्मको सूचीको शीर्ष स्थानमा ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’ छ ।

१) फाइनल डेस्टिनेसन : ब्लडलाइन- १ करोड ५७ लाख नेरु ग्रस

२) सुपरम्यान- १ करोड ३३ लाख नेरु ग्रस

३) जुरासिक वर्ल्ड : रिबर्थ- १ करोड १८ लाख नेरु ग्रस

४) मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ- ९९ लाख ५९ हजार ग्रस

५) एफ वन : द मूभी- ६७ लाख ५१ हजार नेरु ग्रस

हलिउड पछिल्ला महिनामा केही कमजोर देखिएको छ । नेपाली दर्शकको रुचि कुनै निश्चित जनरामा मात्र नभएर भिन्न स्वाद र शैलीका फिल्ममा देखिएको छ । एड्भेन्चर, हरर र थ्रीलर ‘फाइनल डेस्टिनेसन’ डेढ दशकपछि नयाँ श्रृंखलासहित रिलिज भएको हो ।

‘सुपरम्यान’लाई पनि दर्शकले रुचाएका छन् । ‘जुरासिक वर्ल्ड’ फे्रन्चाइज नेपालमा धेरै रुचाइने हलिउड फ्रेन्चाइजी पर्छ ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार ०१:२५
हजुरको प्रतिक्रिया