२०८३ साउन २१ गते बिहीबार

गोरखामा धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने उद्योग गर्ने दाजु पक्राउ

गोरखामा धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने उद्योग गर्ने दाजु पक्राउ

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ साउन २० गते सोमबार १०:४४

यही साउन १६ गते साँझ करिब १०ः१० बजेको समयमा खेतमा पानी लगाउने कुलोको विषयमा विवाद हुँदा ६२ वर्षीय बाबु काजी बस्नेतले आफ्नै भाइ ५८ वर्षीय खोप बहादुर बस्नेतमाथि धारिलो हतियार र लौरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा ।

गोरखा नगरपालिका–३ स्थित घलाङ, रातोमाटेमा धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

यही साउन १६ गते साँझ करिब १०ः१० बजेको समयमा खेतमा पानी लगाउने कुलोको विषयमा विवाद हुँदा ६२ वर्षीय बाबु काजी बस्नेतले आफ्नै भाइ ५८ वर्षीय खोप बहादुर बस्नेतमाथि धारिलो हतियार र लौरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार घटनापछि घाइते बस्नेतको आफन्तले ज्यान मार्ने उद्योगको जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो ।

कुटपिटमा संलग्न बाबु काजी बस्नेतलाई नियन्त्रणमा लिइ गोरखा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ ।

प्रकाशित मिति २०८२ साउन २० गते सोमबार १०:४४
हजुरको प्रतिक्रिया