२०८३ असोज २४ गते शनिबार

सोलार र ब्याट्रीले डिमाण्ड पूरा गर्नसक्छ भने हाइड्रोको पछाडि लाग्न जरुरी छैन : शाक्य

सोलार र ब्याट्रीले डिमाण्ड पूरा गर्नसक्छ भने हाइड्रोको पछाडि लाग्न जरुरी छैन : शाक्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २१ गते मंगलबार ०१:३१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत आवश्यकता पूरा गर्नसके विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन्। उनकाअनुसार राति र दिउँसोको...

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत आवश्यकता पूरा गर्नसके विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन्।

उनकाअनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलार ब्याट्रीले धान्नसक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ। अहिले उद्योगहरूमा विद्युतको खपत त्यति नरहेको शाक्यले बताए।

सोलार, ब्याट्रीले साँझ, बिहानको विद्युतको आवश्यकता पूरा गर्न सके जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उनको भनाइ छ।

यो ठूला जलविद्युतका हकमा रहेको उनले बताए। राजधानीमा आयोजित एक कार्यक्रमललाई सम्बोधन गर्दै शाक्यले सिँचाई हुने ठाउँहरूमा चोरीको समस्या देखिएको बताए।

उनकाअनुसार त्यहाँ सोलार र पम्प राखेर मिटर जडान गर्नुपर्छ। त्यसपछि त्यहाँ चोरी हुने सम्भावना कम हुँदै जानेछ। छिमेकी भारतको अनुभवले पनि त्यही देखाएकोे छ। तराई, पहाडतिर सिंँचाईमा सोलार जोडिनुपर्छ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरूका सडक पोलमा विद्युत प्राधिकरणले बत्ति राख्दिने गरेता पनि पालिकाहरूले धेरै वर्षसम्म पनि विद्युत बक्यौता नतिर्ने गरेको बताए।

उनकाअनुसार बजेटमा नगरहरूले बक्यौता व्यवस्था गर्ने गरेका छैनन्। अब पालिकाहरूले सोलार बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ।

त्यो बिजुलीलाई प्राधिकरणले खरिद गरिदिने शाक्यले बताए। प्रशारण लाइनका नजिक सोलार राख्ने र प्रशारण लाइनभित्र परेका जग्गाहरूको सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको बताउँदै उनले पाइलट प्रोजेक्टका रुपमा खिम्तिमा शुरु भइसकेको बताए।

 

प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार ०१:३१
हजुरको प्रतिक्रिया