सैयारा फिल्मको नेट कलेक्सन ४०० करोडमाथि
काठमाडौं ।
अहान पाण्डे र अनित पड्डाको फिल्म ‘सैयारा’ ४०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले रिलिज भएको १८ औं दिन अर्थात् अगष्ट ४ मा यो उपलब्धि हासिल गरेको हो । विदेशमा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ । विश्वभर फिल्मको कलेक्सन ४०० करोड नाघगिसकेको छ । । यसले भारतीय बक्स अफिसमा मात्र ३०० करोड फिल्मको सूचीमा आफ्नो नाम दर्ता गरायसकेको छ । १७ औं दिनमा फिल्मले आठ करोड रुपैयाँको व्यापार गरेको थियो । सोमबारको प्रारम्भिक तथ्याङ्कमा पनि फिल्मले राम्रो प्रदर्शन ग¥यो । भारतीय मिडियाका अनुसार फिल्मको भारतको नेट कलेक्सन ३०२ करोड रुपैयाँ पुगेको छ । नयाँ स्टारहरू समावेश भएर ३०० करोड क्लबमा छिर्ने यो पहिलो भारतीय फिल्म बनेको छ र यसराज फिल्म्सको ब्यानरमा बनेको भने पाँचौँ फिल्म हो । सबैभन्दा छिटो दरमा ३०० करोड कमाउने रेकर्डमा ‘सैयारा’ले ऋतिक रोशनको ‘वार’ र ‘सलमान खानको ‘बजरंगी भाइजान’ र ‘सुल्तान’जस्ता फिल्महरूलाई पछाडि पारेको छ । वारलाई यति कमाउन १९ दिन लागेको थियो । यो क्लबमा ‘बजरंगी भाइजान’ २० दिन र ‘सुल्तान’ ३५ दिनमा छिरेको थियो । सैयाराले बक्स अफिसमा निकै राम्रो सुरुवात गरेको थियो । फिल्मले पहिलो दिनमा २१.५ करोड भारु कमाएको थियो । यो फिल्म ५०–६० करोड भारुको बजेटमा बनेको हो । यो अनित पड्डा र अहान पाण्डेको डेब्यू फिल्म हो ।




