२०८३ असोज २४ गते शनिबार

बबई नदीले खतराको तह पार गर्‍यो

बबई नदीले खतराको तह पार गर्‍यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २१ गते मंगलबार ०४:००

काठमाडौँ । आज पश्चिमको बबई नदीको बाढीले बर्दियामा खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ। यस्तै पश्चिम राप्तीको बाढीले बाँके जिल्लामा पनि सतर्कताको तह पार गरेको...

काठमाडौँ ।

आज पश्चिमको बबई नदीको बाढीले बर्दियामा खतराको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ।

यस्तै पश्चिम राप्तीको बाढीले बाँके जिल्लामा पनि सतर्कताको तह पार गरेको छ।

आज राती पश्चिम नेपालका धेरै ठाउँमा भारी वर्षा हुँदै छ।

विशोष गरी लुम्बिनीका केही क्षेत्र, गण्डकीका केही क्षेत्र तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै ठाउँमा भारी वर्षा हुने जनाइएको छ।

यता मधेश र बागमती प्रदेशका पनि केही क्षेत्रमा भारी वर्षा हुने छ।

प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार ०४:००
हजुरको प्रतिक्रिया