२०८३ साउन २१ गते बिहीबार

२०८४ को निर्वाचनमा माओवादीले एकल बहुमत ल्याउँछः अग्नि सापकोटा

२०८४ को निर्वाचनमा माओवादीले एकल बहुमत ल्याउँछः अग्नि सापकोटा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २२ गते बुधबार १०:००

उनले भने, ‘हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते भयो । अलिकति धुमिल भयो, त्यही वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएकै कारणले गर्र्दाखेरी हाम्रो शहिद परिवारप्रति अलि उदासिनता, शहीद परिवारप्रति जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि वेवास्ता भएको जस्तो भएको थियोे ।’

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दैउनले पार्टीको हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको बताए ।

हाल माओवादी पार्टीका जनवर्गिय संगठन, विभिन्न मुक्तीमोचाहरु असाधारण तरिकाले पार्टी निर्र्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुुमत आउने उनको दाबी छ ।

पार्टीले सञ्चालन गरेकोे हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्र्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताए ।

माओवादी पार्टी केही समय रुमल्लिए जस्तो, अल्मलिएजस्तो देखिएपनि अब यसले गति लिएको उनको भनाइ छ ।

उनले कहिले एमाले, कहिले काँग्रेससंग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिँदा जनता, शहीद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएकोले पार्टी बीचमा केही कमजोरी भएको स्वीकार गरे ।

पार्टीको वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएको कारण पार्टी शहीद परिवारप्रति उदासिनता भएको, जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि बेवास्ता भएको जस्तो भएको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते भयो । अलिकति धुमिल भयो, त्यही वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएकै कारणले गर्र्दाखेरी हाम्रो शहिद परिवारप्रति अलि उदासिनता, शहीद परिवारप्रति जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि वेवास्ता भएको जस्तो भएको थियोे ।’

वर्गीय सम्बन्ध जुुन स्तरमा गाढा, घनिष्ट हुनुपर्ने थियो, त्यो नहुँदा पार्टीप्रति शहिद, वेपत्ता परिवारका गुनासाहरु, चित्त दुखाईहरु पनि देखिएको उनले स्वीकार गरे । उनकाअनुसार त्यसले माओवादी पार्टीलाई केही कमजोर बनाएको छ ।

पार्टीले २०८४ सालमा एकल बहुमत हाँसिल गर्नको लागी समाजवादी क्रान्तीको रुपरेखा र मागचित्र स्पष्ट पारेको उनले बताए । २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रिय समितिको बैठकले समाजवादी क्रान्तीको रुपरेखा, मागचित्रलाई प्रष्ट पारेको उनको भनाई छ ।

रुपान्तरण शुद्धिकरणका लागी पार्टीले विगतमा भएका कमी कमजोरीको आत्मासमिक्षा गरेर अगाडी बढेको उनले बताए ।

दर्शन, विचार, दृष्टिकोण, रणनिति, कार्र्यनिति, कार्ययोजना, योजना, कार्यक्रम लागू गर्ने संकल्पका साथ पार्टीले केही समय अघि हुलाकीमार्ग केन्द्रित अभियान चलाएको पनि उनले जानकारी दिए ।

उक्त अभियान आफूहरु जनताको भित्रि तहसम्म पुगेर उनीहरुको समस्याका बारेमा अध्ययन गर्ने मौका लिएको उनले बताए । महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्ग अभियानले पार्टीको जनसम्बन्धलाई झनै सुदृढीकरण बनाएको उनको दाबी छ ।

उनले भने, ‘दर्शन, विचार, दृष्टिकोण, रणनिति,, कार्र्यनिति, कार्ययोजना, योजना, कार्यक्रम लागू गर्नुपर्छ भन्ने एउटा संकल्पका साथ हामीले पहिला हुलाकीमार्ग केन्द्रित अभियान चलायौँ । त्यो अभियानमा हामी जनताको भित्रि तहसम्म गयौँ । शहीद परिवार, बेपत्ता परिवार, मधेसका जनताका समस्याका बारेमा अध्ययन गर्र्न पायौँ । अहिले मधेसको सबैभन्दा ठूलो समस्या भनेको त्यहाँ सामाजिक विभेद छ । त्यहाँबाट हामीले धेरै कुरा अध्ययन पनि गयौँ । जनतालाई सिकायौँ पनि जनताबाट सिक्यौँ पनि । त्यसपछि हामीले मध्ये पहाडीको अभियान पोखरामा आएर स्थगित गरेका छौँ । त्यसलाई फेरि गर्ने निर्णय भएको छ । महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्गमा हामीले जनसम्बन्धलाई सुढृढीकरण ग¥यौँ ।’

उनले स्ववियु निर्वाचन, नेपाल पत्रकार महासंघ, २०७९ सालमा भएको स्थानिय तहको निर्वाचनको नतिजा प्रश्तुत गर्दै पार्टीले एकल बहुमत ल्याउने बताए ।

काँग्रेस एमाले जस्ता ठूला दल मिल्दा पनि स्ववियु, पत्रकार महासंघ र अन्य संघसंगठको निर्वाचनमा पार्टीले उत्कृष्ट नतिजा हाँसिल गरेको उनको भनाई छ ।

उनले भने, ‘स्थानीय तहको चुुनावमा हामी दोस्रो भयौँ । पूर्वमा हाम्रो पार्र्टी पहिलो नै भयो । नयाँ युवा पुस्तामा चाहीँ अलिकति भ्रम, कन्फ्युजन जस्तो भएको थियो नी त्यो चाहीँ साफ भएर स्ववियुमा चाहीँ दुई थरी काँग्रेस र एमाले मिलेर लड्दा पनि कतिपय ठाँउमा हाम्रो विद्यार्थी संगठनले विजयी हासिल गरेको छ । उदाहरणकै लागी भन्नुपर्दा पूर्वाञ्चलको विराटनगरमा रहेको डिग्री क्याम्पसमा हाम्रो पार्टीले ३० वर्ष यता पहिलो पटक जित्यो । नेपाल पत्रकार महासंघमा काँग्रेस एमाले दुवैथरी मिल्दा पनि केन्द्रमा चाहीँ कोषाध्यक्ष लगायत विभिन्न प्रदेशमा हामीले धेरै राम्रो सफलता हासिल गरेका छौँ । अन्य संघसंस्थाहरुमा पनि हाम्रो पार्टीले एक्लै लडेर पनि निकै राम्रो सफलता हासिल गरेको छ । अर्को कुरा चाहीँ हामीले फेरि जनताको मुद्दालाई पक्रन थालेका छौँ ।’

माओवादी पार्टीले जनताको मुद्दालाई फेरि पक्रन थालेकोले पनि जनताले अग्रगमनलाई रोज्ने हुँदा माओवादीलाई नै रोज्ने उनको दाबी छ ।

प्रकाशित मिति २०८२ साउन २२ गते बुधबार १०:००
हजुरको प्रतिक्रिया