काठमाडौं ।
संघीय संसदअन्तर्गत आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
बैठकमा मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल हुँदैछ ।
त्यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक पनि बिहान सवा ९ बजेबाट नै बस्दैछ ।
बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल तथा समसामयिक विषयमा छलफल हुँदछ ।
त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल हुने संसद सचिवालयले जनाएको छ ।
त्यसैगरि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठ मध्यान्ह सवा १२ बजे बैठकम बस्ने छ ।
सो समितिको बैठकमा समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदन माथि छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरुसँग छलफल, वैकल्पिक विकास वित्त परिचालनका
सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विज्ञसँग छलफल हुनेछ ।
प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार ०९:०४




