२०८३ असोज २४ गते शनिबार

शुरु भयो हिमालयन आर्ट्स फेस्टिभल २०२५

शुरु भयो हिमालयन आर्ट्स फेस्टिभल २०२५

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २५ गते शनिबार १०:२०

काठमाडौं । हिमालयन आट्र्स फेस्टिभल २०२५ काठमाडौंमा शुरु भएको छ । एक कार्यक्रमका बीच हिमालयन आट्र्स फेस्टिभल २०२५ को शुरुवात भएको हो । प्रदर्शनी काठमाडौंको बबरमहलस्थित कला परिषद् (आर्ट काउन्सिल)मा शुरु भएको छ । प्रदर्शनीमा १२२...

काठमाडौं ।

हिमालयन आट्र्स फेस्टिभल २०२५ काठमाडौंमा शुरु भएको छ ।

एक कार्यक्रमका बीच हिमालयन आट्र्स फेस्टिभल २०२५ को शुरुवात भएको हो । प्रदर्शनी काठमाडौंको बबरमहलस्थित कला परिषद् (आर्ट काउन्सिल)मा शुरु भएको छ । प्रदर्शनीमा १२२ जना कलाकारहरुका कलाकृतिहरु रहेका इ.आट्र्स नेपालकी को–फाउण्डर सुजन श्रेष्ठले बताए । उनका अनुसार अगस्ट ९ देखि शुरु भएको प्रदर्शनी १४ तारिकसम्म सञ्चालन हुनेछ ।

उनले भने, ‘यस प्रदर्शनीमा १२२ जना आर्टिस्ट हुनुहुन्छ । यो प्रदर्शनी आजदेखि १४ तारिकसम्म चल्छ । बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्छ । यो एक किसिमको उद्यमशिलता प्रोत्साहनको रुपमा रहेको छ ।’

उनले प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जानकारी गराउँदै प्रदर्शनी एक किसिमको उद्यमशिलता प्रोत्साहनको रुपमा सञ्चालन गरिएको पनि जिकिर गरे ।

प्रकाशित मिति २०८२ साउन २५ गते शनिबार १०:२०
हजुरको प्रतिक्रिया