२०८३ साउन २१ गते बिहीबार

वैकल्पिक वित्त कोष स्थापना गर्न ढिला नगरौंः सांसद कार्की

वैकल्पिक वित्त कोष स्थापना गर्न ढिला नगरौंः सांसद कार्की

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २७ गते सोमबार ०१:५१

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गतिलाई तिब्र पारिनुपर्ने बताएका छन् । अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा...

काठमाडौं ।

पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गतिलाई तिब्र पारिनुपर्ने बताएका छन् ।

अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले मुलुकको पूर्वाधार निर्माणका लागि निजी क्षेत्रको समेत सहभागिता हुनेगरी ल्याइएको कानून छिटो बनाइनुपर्नेमा जोड दिंदै सरकारले वैकल्पिक विकासको योजनाहरु अघि बढाउन ढिलाइ गर्न नहुने उनको जिकिर थियो ।

पूर्व अर्थमन्त्री कार्कीले भने – ‘नयाँ सोचका साथ वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि कानून ल्याइएको हो । चाँडोभन्दा चाँडो समितिबाट पास हुनुपर्छ । अहिले जुन तरिकाले समितिमा छलफल भएको छ, यो ढिलाइ भइरहेको छ । वैकल्पिक विकासको योजनाहरु अघि बढाउनुपर्छ ।’

सांसद कार्कीका अनुसार अहिले देखिएको स्रोत अभावको समस्यालाई हटाउन र विकासमा निजी क्षेत्रको सहभागीता बढाउन वैकल्पिक वित्त कोष महत्वपूर्ण हुनेछ । विधेयकमा धेरै कुरा स्पष्ट रहेको उनले बताए ।

प्रकाशित मिति २०८२ साउन २७ गते सोमबार ०१:५१
हजुरको प्रतिक्रिया