२०८३ साउन २१ गते बिहीबार

बसमा अचेत भेटिएका वृद्धको मृत्यु

बसमा अचेत भेटिएका वृद्धको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २७ गते सोमबार ०४:५१

तनहुँ । कास्कीको गगनगौंडाबाट तनहुँ दुलेगौंडातर्फ गइरहेको बसमा अचेत फेला परेका वृद्धाको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित वन्केवाचोकमा सवारीबाट अचेत अवस्थामा झारिदिएको वृद्धको मृत्यु भएको पुष्टि...

तनहुँ ।

कास्कीको गगनगौंडाबाट तनहुँ दुलेगौंडातर्फ गइरहेको बसमा अचेत फेला परेका वृद्धाको मृत्यु भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित वन्केवाचोकमा सवारीबाट अचेत अवस्थामा झारिदिएको वृद्धको मृत्यु भएको पुष्टि भएको हो ।
इलाका प्रहरी कार्यालय बेलचौताराले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरीका अन्दाजी ७० वर्षीय गुञ्जबहादुर विक रहेका छन् । उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए ।
गगनगौंडाबाट उनी वन्केवाचोकका लागि बस चढेका थिए । बसमा केही पटक वान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार मृतक गुञ्जबहादुर मुटुकोसमेत बिरामी थिए ।

प्रकाशित मिति २०८२ साउन २७ गते सोमबार ०४:५१
हजुरको प्रतिक्रिया