२०८३ असोज २४ गते शनिबार

पर्सामा कैदी राहुल साहको मृत्युपछि आफन्तहरु आक्रोशित

पर्सामा कैदी राहुल साहको मृत्युपछि आफन्तहरु आक्रोशित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २८ गते मंगलबार ०३:०६

काठमाडौ । पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ । मृतक कैदी साहका आफन्तहरुले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि प्रदर्शन शुरु गरेका हुन् ।मंगलवार बिहान...

काठमाडौ ।

पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ ।

मृतक कैदी साहका आफन्तहरुले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि प्रदर्शन शुरु गरेका हुन् ।मंगलवार बिहान अचानक बेहोस भएका कैदी साहको निधन भएको हो ।

बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका प्रहरीको भनाइ छ ।

उनलाई उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का सदस्य जगदिश साहले प्रशासनको कमजोरीका कारण घटना भएको बताए ।

उनले शव आफूहरुले नबुझ्ने बताउनु भयो । प्रशासनले जानीजानी मारेको उनको  आरोप छ ।

प्रकाशित मिति २०८२ साउन २८ गते मंगलबार ०३:०६
हजुरको प्रतिक्रिया