२०८३ साउन २१ गते बिहीबार

जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको छः सभापति थापा

जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको छः सभापति थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २ गते सोमबार ११:०७

आजको विश्वमा बैले कुनै न कुनै मात्रामा जलवायु परिवर्तनका असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोगिरहेको उनले बताइन् ।
जलवायु परिवर्तनले पार्ने विभिन्न खाले साना तथा ठूला जोखिमका सामना गर्नका लागि सरकार तथा अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रयासहरु गरिरहेको भएपनि पर्याप्त नभएको जिकिर उनको छ ।

काठमाडौं ।

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताएकी छिन् ।

सोमबार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले २१औं शताब्दीमा जलवायु परिवर्तनका कारणले मानव सभ्यता र समस्त पृथ्वीका प्राकृतिक श्रोतमाथि दुष्प्रभाव स्पारिरहेको जिकिर गरिन् ।

जलवायु परिवर्तन मानव जातिको अस्तित्वका लागि ठूलो संकट बनेको उनको भनाइ छ । आजको विश्वमा बैले कुनै न कुनै मात्रामा जलवायु परिवर्तनका असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोगिरहेको उनले बताइन् ।

जलवायु परिवर्तनले पार्ने विभिन्न खाले साना तथा ठूला जोखिमका सामना गर्नका लागि सरकार तथा अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रयासहरु गरिरहेको भएपनि पर्याप्त नभएको जिकिर उनको छ ।

हिन्दुकुष हिमालय क्षेत्रको जैविक विविधता संकटमा परिरहेको उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘२१ औं शताब्दीमा जलवायु परिवर्तनका कारणले मानव सभ्यता र समस्त पृथ्वीका प्राकृतिक श्रोतमाथि पर्ने दुष्प्रभाव सम्पूर्ण मानव जातिको अस्तित्वका लागि ठूलो चुनौतिको विषय हो । आजको विश्वमा हामी सबैले कुनै न कुनै मात्रामा जलवायु परिवर्तनका असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोगि नै रहेका छौँ । । यस्ता असरहरुले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेका छन् । पृथ्वीको तापक्रममा भएको वृद्धिले जैविक विविधतामा ल्याउने ह्रास वायुप्रदुषणका कारणले जनस्वास्थ्यमा पार्ने प्रभाव हामी सबैले सुन्दै, देख्दै, भोग्दै आएको विषय हुन् । जलवायु परिवर्तनले पार्ने विभिन्न खाले साना तथा ठूला जोखिमका सामना गर्नका लागि सरकार तथा अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रयासहरु पनि गर्दै आएका छन् । तर यि प्रयासहरु पर्याप्त देखिएका छैनन् । नेपाल लगायत हिन्दुकुष हिमालय क्षेत्रका मुलुकहरुमा जलवायु परिवर्तनका जोखिमहरु गम्भीर रुपमा देखा परिरहेको कुरा सर्वविदितै छ । फलस्वरुप यस क्षेत्रको जैविक विविधता संकटमा परिरहेको छ । यस क्षेत्रमा प्राकृतिक प्रकोपका घटना तिब्र गतिले बढिरहेका छन् । हिन्दुकुष हिमालयमा पर्ने सबै मुलुकहरुले जलवायु परिवर्तन यस क्षेत्रका जैविक विविधतामा आइरहेका ह्रास, वायु प्रदुषण लगायतका मानव सिर्जित चुनौतिबाट यो क्षेत्र र समुच्च पृथ्वीलाई बचाउने कार्यमा आफ्नो क्षेत्रबाट विशिष्ट किसिमको योगदान गर्नुपर्ने भएको छ ।’

सभापति थापाले हिन्दुकुष हिमालय मुलुकका बीचमा सामुहिक कार्य र ऐक्यवद्धता हुन जरुरी रहेकोमा जोड दिइन् ।

 

प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार ११:०७
हजुरको प्रतिक्रिया