२०८३ असोज २३ गते शुक्रबार

नेपालले हाेबर्ट हरिकेन्सलाई १ सय ८१ रनकाे लक्ष्य दियाे

नेपालले हाेबर्ट हरिकेन्सलाई १ सय ८१ रनकाे लक्ष्य दियाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३ गते मंगलबार ०१:१३

काठमाण्डौ । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । पार्मस्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनायो । नेपालका आरिफ शेखले...

काठमाण्डौ ।

अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

पार्मस्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनायो ।

नेपालका आरिफ शेखले ३३, आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले ११ बलमा नटआउट २५ रन जोडे । होबर्ट हरिकेन्सका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले २र२ विकेट लिए ।

शृङ्खलामा नेपालको यो चौथो खेल हो । यसअघिका ३ वटै खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ वटा खेल खेल्नेछन् । प्रतियोगिता अन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

टप इन्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।

प्रकाशित मिति २०८२ भदौ ३ गते मंगलबार ०१:१३
हजुरको प्रतिक्रिया