२०८३ साउन २१ गते बिहीबार

एन्फा महिला लिग छनोटमा स्टुडेन्ट एफसीको दोस्रो जित

एन्फा महिला लिग छनोटमा स्टुडेन्ट एफसीको दोस्रो जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार ०८:०५

एफसी रियलेले अब बाँकी खेलमा जित निकाल्नुपर्नेछ ।

काठमाडौं ।

स्टुडेन्ट महिला फुटबल क्लवले शुक्रवार एफसी रियाले महिला फुटबल क्लवलाई हराउँदै एन्फा महिला लिग छनोटमा दोस्रो सफलता निकालेको छ ।

च्यासलस्थित च्यासल फुटबल मैदानमा शुक्रवार भएको पहिलो खेलमा स्टुडेन्टले एफसी रियलेविरुद्ध ३–१ ले हराएको हो । शुक्रवार नै तय समूह ‘बी’ को एफसी झापा र नेपाल खेलकदु क्लव बीचको खेल भने वर्षाका कारण स्थगित हुन पुग्यो । यो खेल शनिवार यसै मैदानमा हुने एन्फाले जनाएको छ ।

स्टुडेन्टको जितमा सुशीला सुस्लिङ, पूर्णिमा थारु र सबिना तामाङले गोल गरे । रियलेकी पूजा थेबेले गोल फर्काइन् । समूह ‘ए’ को स्टुडेन्डले तेस्रो खेलमा दोस्रो जित निकालेको हो । स्टुडेन्टले तीन खेलबाट ६ अंक जोडेको छ ।

यसअघि स्टुडेन्टले सिन्धुपाल्चोक एफसीलाई ३–१ ले हराउँदा छहारी क्लबसँग भने ६–१ ले हार सामना गरेको थियो । रियलेको लगातार तेस्रो हार हो । यसअघि रियले छहारीसँग ३–० र चर्च ब्वाइज युनाइटेडसँग ६–० ले पराजित भएको थियो ।

शुक्रबार भएको तेस्रो खेलमा स्टुडेन्डसँग पनि रियलेले नतिजा सुम्पिन बाध्य भयो । खेलको २७औं मिनेटमा सुशीलाको गोलमार्पmत स्टुडेन्टले अग्रता लिएको थियो

। एफसी रियलेकी गोलकिपर जोश्ना श्रेष्ठ पोजिसन नरहेको अवस्थामा सुशीलाले करिब २२ यार्ड टाढाबाट गोल गरेकी हुन् । यससँगै पहिलो हाफमा स्टुडेन्डले १–० को अग्रता बनायो ।

दोस्रो हाफमा रियले खेलमा फर्किने प्रयास गरे पनि सफल भएन । ६६औं मिनेटमा पूजाले रियलेलाई बराबरीमा ल्याइन् । राइट साइडबाट ननिता गुरुङले दिएको बललाई पेनाल्टी बक्समा अनमार्क पूजाले सहजै गोल गरेकी हुन् । तर, त्यो बराबरीलाई रियलले जोगाउन सकेन ।

यो नै एफसी रियलेले यो लिग छनोटमा गरेको पहिलो गोल हो । पूर्णिमाले ७८औं मिनेटमा गोल गर्दै स्टुडेन्ट २–१ ले अग्रता दिलाइन् । यसपल्ट पनि एफसी रियलेकी गोलकिपर जोश्ना बिट भएको अवस्थामा स्टुडेन्टले गोल गरेको हो । जोश्नाले फुत्काएको बललाई रिना स्याङ्तानले पूर्णिमालाई दिइन् । सोही बललाई पूर्णिमाले जाली चुमाएकी हुन् ।

इन्जुरी समयमा स्टुडेन्टले तेस्रो गोल ग¥यो । सबिनाले गोल गर्दै स्टुडेन्टलाई ३–१ जित दिलाइन् । स्टुडेन्टको पेनाल्टी बक्स नजिकबाट आएको बललाई मध्य भागमा नियन्त्रणमा लिएकी सबिनाले अफसाइट ट्य्राप बिट गर्दै एकल प्रयासमा गोल गरेकी हुन् ।

सात टोली रहेको समूह ‘ए’ मा तेस्रो हारसँगै एफसी रियलेको छनोट सम्भावना कमजोर भएको छ । समूहमा शीर्ष दुई स्थानमा रहने टोलीले सीधै महिला लिगमा स्थान बनाउनेछन् । तेस्रो हुने टोलीले प्लेअफमार्पmत राष्ट्रिय लिगमा स्थान बनाउने अवसर पाउनेछ । एफसी रियलेले अब बाँकी खेलमा जित निकाल्नुपर्नेछ ।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०८:०५
हजुरको प्रतिक्रिया