२०८३ असोज २५ गते आइतबार

सरकार अधिनायकवादतिर उन्मुख छः अग्नि सापकोटा

सरकार अधिनायकवादतिर उन्मुख छः अग्नि सापकोटा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ७ गते शनिबार ०९:५२

उनले राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरु लागिरहेको आरोप लगाए ।
विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहेको आरोप उनले लगाए ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छ ।

सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको उनको आरोप छ ।

उनले राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरु लागिरहेको आरोप लगाए ।

विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहेको आरोप उनले लगाए ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको बताए ।

उपसभामुखबाट रानालाई हटाउने कुरा प्रतिशोधपूर्ण र बदनियतपूर्ण रहेको जिकिर उनले गरे ।

उनले भने, ‘यो सरकार अलि अधिनायकवादतिर तानाशाहीकरणतिर उन्मुख भइरहेको छ । राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्ने, अझ खास गरी सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएको छ । प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानालाई कहिलेदेखि हटाउने कोशिस गरिरहनुभएको थियो भन्दा धेरै पटक गर्नुभयो । अहिले हस्ताक्षर संकलन भइरहेको छ भनेर हामीलाई खबर आएको छ । त्यो प्रतिशोधपूर्ण छ, बदनियतपूर्ण छ । प्रतिनिधि सभाको उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ, चुनाव गरेर अर्को आउँछ । यो एक प्रकारले गैरसंसदीय प्रक्रिया हो ।’

संवैधानिक परिषद्मा बहुमत पुयाउन प्रधानमन्त्री ओलीले बद्नियतपूर्ण काम गरिरहेको आरोप लगाउँदै उनले यो गैरसंसदीय प्रक्रिया भएको उल्लेख गरे ।

प्रकाशित मिति २०८२ भदौ ७ गते शनिबार ०९:५२
हजुरको प्रतिक्रिया