२०८३ साउन २१ गते बिहीबार

उखु किसान आन्दोलनलाई पूर्वप्रधानमन्त्री भट्टराईको समर्थन

उखु किसान आन्दोलनलाई पूर्वप्रधानमन्त्री भट्टराईको समर्थन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १० गते मंगलबार ०३:३७

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष डा। बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानको आन्दोलनलाई समर्थन गरेका छन्। मंगलवार काठमाडौँको माइतीघर मण्डला पुगेर उनले उखु किसानका माग जायज रहेको...

काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष डा। बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानको आन्दोलनलाई समर्थन गरेका छन्।
मंगलवार काठमाडौँको माइतीघर मण्डला पुगेर उनले उखु किसानका माग जायज रहेको भन्दै समर्थन गरेका हुन्। उनले उखु किसानलाई दिने भनिएको अनुदान सरकारले एकलौटी निर्णयबाट कटौती गरेको भन्दै सरकारको आलोचना गरे।
उनले उखु किसानलाई दिने भनिएको अनुदान घटाएको तथा घटाएको अनुदान मूल्य समेत समयमै उपलब्ध नगराएर सरकारले किसानहरूमाथि अन्याय र ठगी गरेको आरोप लगाए। उनले आन्दोलनरत किसानहरूलाई आफ्ना जायज मागप्रति एकताबद्ध भएर अडिग रहन आग्रह गरे।
भट्टराईले भने, ‘किसानलाई दिने अनुदान घटाएर ३५ रुपैयाँ पुर्‍याउने अनि त्यो पनि समयमा नदिने। सरकारले एकलौटी गर्न मिल्छ रु यो त किसानहरूमाथि बदमासी र ठगी भएन रु त्यसकारण किसानहरूको यो अभियान जायज छ।’
देशभरका उखु किसानले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१।८२ को उखुको भुक्तानी रकम माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रकाशित मिति २०८२ भदौ १० गते मंगलबार ०३:३७
हजुरको प्रतिक्रिया