२०८३ असोज २४ गते शनिबार

कुमामोतोमा अनलाइन तीज गीत–नृत्य प्रतियोगिता सम्पन्नः सिर्जना नगरकोटी प्रथम

कुमामोतोमा अनलाइन तीज गीत–नृत्य प्रतियोगिता सम्पन्नः सिर्जना नगरकोटी प्रथम

रामचन्द्र राई

@Public 4K Tv

२०८२ भदौ ११ गते बुधबार ०२:५१

कुमामोतो जापान । कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत–नृत्य प्रतियोगितामा सिर्जना नगरकोटी प्रथम भएकी छिन् । संस्कृति मगर र अन्सुमा परियारको जोडी दोस्रो तथा आशा बलाल तेस्रो स्थानमा रहन सफल भए । विजेतालाई क्रमशः २०...

कुमामोतो जापान ।

कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत–नृत्य प्रतियोगितामा सिर्जना नगरकोटी प्रथम भएकी छिन् । संस्कृति मगर र अन्सुमा परियारको जोडी दोस्रो तथा आशा बलाल तेस्रो स्थानमा रहन सफल भए । विजेतालाई क्रमशः २० हजार, १५ हजार र १० हजार जापानी येनसहित होक्काइडो “घी” र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समाजकी महिला उपाध्यक्ष रूपा नेपाली सांस्कृतिक संयोजक रहने गरी निर्णायकमा सल्लाहकार सुरेन्द्र डंगोल र नायिका रागिनी खड्गीको सहभागिता थियो । प्रमुख अतिथि प्रा। डा। हरिदेव कोटाले सहभागीलाई धैर्यता र अनुशासनसाथ निरन्तर कर्म गर्न प्रेरित गर्दै, “सानो वा ठूलो मञ्चलाई सम्मान गर्नुपर्छ” भन्ने सन्देश दिएका थिए । अर्का अतिथि कवि तथा कलाकार मञ्जुल मितेरीले पनि प्रोत्साहनका शब्द दिएका थिए ।
प्रतियोगिताका पुरस्कारहरू एनआरएनए जापान अध्यक्ष सुभास लामिछाने, स्पाइस आरोमा रेस्टुरेन्ट र आसो फुटबल क्लबले प्रायोजन गरेका थिए । साथै, येहे रेमिटको लक्की ड्रमार्फत सहभागीहरूले २० हजार येन बराबरको नगद तथा अन्य उपहार जितेका थिए ।
समाजका अध्यक्ष रोशन भट्टराईले जापानमा बढ्दो नेपाली समुदायबीच समस्या समाधानका लागि एकता अपरिहार्य रहेको बताए । यसै सन्दर्भमा आसो फुटबल क्लबले दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरी खेलकुद, संस्कृति र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउन योगदान दिएको जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०२:५१
हजुरको प्रतिक्रिया