२०८३ साउन २१ गते बिहीबार

पाेखरा १२ को खुला तिज गीत प्रतियाेगितामा देविस्थान महिला समूह पहिलाे

पाेखरा १२ को खुला तिज गीत प्रतियाेगितामा देविस्थान महिला समूह पहिलाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ११ गते बुधबार ०४:३४

देविस्थानले उपाधिसँगै ४० हजार नगद र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा पोखरा नर्सिङ क्याम्पस विद्यार्थी समूह दोस्रो, कमलज्योति आमा समूह तेस्रो तथा अमरसिंह सांस्कृतिक समूह र अमरसिंह दृष्टिविहीन समूह सान्त्वना भएका छन् ।

पोखरा ।

पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आयोजना गरेको खुला तिज गीत प्रतियोगिताको उपाधि देविस्थान महिला समूह पोखरा -२५ ले जितेको छ ।

देविस्थानले उपाधिसँगै ४० हजार नगद र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा पोखरा नर्सिङ क्याम्पस विद्यार्थी समूह दोस्रो, कमलज्योति आमा समूह तेस्रो तथा अमरसिंह सांस्कृतिक समूह र अमरसिंह दृष्टिविहीन समूह सान्त्वना भएका छन् ।

दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाएका छन् । उत्कृष्ट नृत्य जिमिरेटोल प्रगतिशील आमा समूह र भेषभुषामा क्षेत्री दिदी बहिनी समूह छनोट भएका छन् । दुवैलाई ७ हजार ५ सयका दरले पुरस्कार दिइएको छ । प्रतियोगितामा २२ टीमको सहभागिता थियो ।

कार्यक्रमलाई शुभारम्भ गर्दै पोखराका मेयर धनराज आचार्यले संस्कार र संस्कृति संरक्षणमा यस्ता प्रतियोगिताले उल्लेख्य भूमिका खेल्ने बताए । संस्कृतिको पहिचान र सृजनशीलताको सम्मान गर्न कार्यक्रम राखिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

आदर्श समाज सामाजिक संस्थाको व्यवस्थापनमा भएको हो । संस्थाकी अध्यक्ष इन्दिरा भण्डारीले लोक परम्पराको संरक्षणका लागि वडाले गरेको प्रयास प्रभावकारी भएको बताइन् ।

प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०४:३४
हजुरको प्रतिक्रिया