२०८३ साउन २१ गते बिहीबार

गाेल्डेन ढाकाटाेपीकाे फाइनल भदाै २९ गते

गाेल्डेन ढाकाटाेपीकाे फाइनल भदाै २९ गते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ११ गते बुधबार ०७:१९

पोखरा । ‘गोल्डेन ढाका टोपी सांस्कृतिक समूह नृत्य प्रतियोगिताको चौथो संस्करणको फाइनल आगामी भदौ २९ हुने भएकाे छ । चाैथाे संस्करणको फाइनलमा १५ टाेलीविच भिडन्त हुने बीटुडी स्कुल तथा ड्रेस सेन्टरका प्रबन्ध निर्देशक अमन तामाङले...

पोखरा ।

‘गोल्डेन ढाका टोपी सांस्कृतिक समूह नृत्य प्रतियोगिताको चौथो संस्करणको फाइनल आगामी भदौ २९ हुने भएकाे छ ।

चाैथाे संस्करणको फाइनलमा १५ टाेलीविच भिडन्त हुने बीटुडी स्कुल तथा ड्रेस सेन्टरका प्रबन्ध निर्देशक अमन तामाङले बताए । साउन ३१ गतेदेखि शुरु भएको अडिसन राउण्डबाट १५ टाेली छनाेट भएका हुन् । फाइनल पोखरा सभागृहमा हुने आयाेजकले जनाएकाे छ ।

तीन संस्करण सफलताका साथ सम्पन्न भएकाे र प्रतियाेगितामा देशभरका कलाकेन्द्र एवं नृत्य समूहकाे चासाे भएका कारण ‘गाेल्डेन ढाका टाेपी’लाई निरन्तरता दिइएकाे तामाङले बताए ।   प्रतियोगिता देशकै ठूलो सांस्कृतिक नृत्य महोत्सव रहेको उनकाे दावी  छ ।

बीटुडी स्कुलले एउटा मञ्च, एउटै प्रतिस्पर्धा र एउटै उत्सवका रूपमा प्रतियोगिता अगाडि बढाएर नेपाली ढाका टोपीको संरक्षणमा पुर्याएको योगदान अतुलनीय रहेको अनुशीलन कला पाठशालाका संस्थापक गोरे गुरुङ बताउँछन् ।

जसमा कास्कीबाट बगिना कला पाठशाला रानीपौवा, कास्की मोर्डनाइज्ड एकेडेमी चाउथे, समता शिक्षा निकेतन प्रस्याङ, नेपाल आदर्श आवासीय विद्यालय लेखनाथ, पूर्णिमा सांस्कृतिक कला केन्द्र महेन्द्रपुल, शान्ति निकुञ्ज माध्यमिक विद्यालय हिमाली टोल, न्यू मोडल सेकन्डरी स्कुल नागढुंगा, स्नो भ्यू इङ्ग्लिस बोर्डिङ स्कुल हेमजा, न्यू ग्यालेक्सी सेकन्डरी स्कुल समूह ए, र समूह बी प्रतिस्पर्धामा रहेका छन् ।

यसैगरी प्रतियोगितामा कास्की बाहिरका जिल्लाबाट द साइनिङ डान्स स्टुडियो बेनी म्याग्दी, श्री सिद्धि विनायक मा.वि. भरतपुर चितवन, मनास्लु वल्र्ड कलेज चाबहिल काठमाडौं, नृत्य कलाकार संघ झापा, भुटानी शरणार्थी नृत्य समूह मोरङ प्रतिस्पर्धामा रहेका छन् ।

प्रतियोगिताका विजेताले गोल्डेन ढाका टोपीसहितका नगद एक लाख हात पार्न सफल हुने छन् । यसैगरी प्रतियोगितामा द्वितीय हुने समूहले ५० हजार नगदसहित ट्रफी, तृतीय हुने समूहले ३० हजारसहित ट्रफी, सान्त्वना हुने समूहले नगद २० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट कोरियोग्राफरले १० हजार नगदसहित गोल्डेन ढाकाटोपी ट्रफी हात पार्न सफल हुने आयोजक संस्थाले जनाएको छ ।

 

प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०७:१९
हजुरको प्रतिक्रिया