२०८३ असोज २५ गते आइतबार

प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि पाँच दिने चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि पाँच दिने चीन भ्रमणमा जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १२ गते बिहीबार ०९:२९

भ्रमणका क्रममा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । १४ गते चीन जाने प्रधानमन्त्री ओलीले १६ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पाँच दिने चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि १८ गते( अगष्ट ३० देखि ३ सेप्टेम्बर)सम्म चीन भ्रमणमा रहनेछन् ।

भ्रमणका क्रममा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

१४ गते चीन जाने प्रधानमन्त्री ओलीले १६ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै १७ गते प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने र त्यसपछि उच्चस्तरीय प्रतिनिधिमण्डल पनि भ्रमणमा सहभागी हुने तयारी छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा श्रीमती राधिका शाक्यसहित शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास

सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मासहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछ ।

प्रकाशित मिति २०८२ भदौ १२ गते बिहीबार ०९:२९
हजुरको प्रतिक्रिया