२०८३ साउन २१ गते बिहीबार

विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैनः ओली

विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैनः ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १२ गते बिहीबार १२:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पारेका छन् । काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलका क्रममा...

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पारेका छन् ।

काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र बनउने गल्ती गर्न नहुने बताए ।

उनले महाधिवेशनमा जित्दा धेरै राम्रो भएपनि जित्ने आधार नरहेको तर्क गरे । महाधिवेशनमा हारेपछि भीम रावलको तरिकाबाट असन्तुष्ट हुने, खाँबो चिथोर्ने काम गर्न शुरु गर्ने बताए ।

पछि पार्टीले स्पष्टीकरण सोध्दा राष्ट्रपति भइसकेको सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुग्नु नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने, ‘उहाँको सम्मानका लागि हामी सबैले, उहाँलाई फर्किएर आएर उम्मेदवार बन्ने, बनाउने गल्ती नगरौँ । उहाँ आएर महाधिवेशनमा ल जित्नुभयो भने त बहुत राम्रो । तर जित्ने स्थिति छ, हुन्छ जित्ने स्थिति रु अनि उहाँ आएर चुनाव हार्ने र भीम रावलको तरिकाले चुनाव हार्ने असन्तुष्ट हुने अनि खाँबो चिथोर्ने बस्ने अलिक समय । पार्टीले स्पष्टीकरण सोध्नुपर्छ । एउटा राष्ट्रपति भइसकेको सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पु¥याउने रु अहिले उहाँको सदस्यता छैन, हामी स्पष्टीकरण सोध्दैनौँ । बरु यही ठिक छ नि । उहाँलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने बिन्दुमा पार्टी पुग्यो भने कति नराम्रो सुनिन्छि, कति नराम्रो देखिन्छ । हारेर कुनै पनि पोजिसनमा नहुँदा केन्द्रिय कमिटीमा हार्नुभयो भने के हुन्छ रु उहाँ केन्द्रिय कमिटीको सदस्य भएर बस्नुभयो भने के हुन्छ रु उहाँलाई अध्यक्ष दिन सकिँदैन । उहाँ चुनाव लड्नुभयो भने हार्नुहुन्छ । नराम्ररी हार्नुहुन्छ । उहाँ हार्नुपर्छ पार्टीको आफ्नो हितको लागि छ । लालगेडी भएर त चल्दैन नि । यो त संघर्षको मैदान हो नि । सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर चल्छ, आन्दोलन रु’

प्रधानमन्त्री ओलीले संघर्षको मैदानमा सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन नचल्ने टिप्पणी गरे ।

प्रकाशित मिति २०८२ भदौ १२ गते बिहीबार १२:११
हजुरको प्रतिक्रिया