२०८३ असोज २३ गते शुक्रबार

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालले आज भारतसँग खेल्दै

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालले आज भारतसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १३ गते शुक्रबार १०:२८

नेपाल प्रतियोगिताको उपाधि जित्ने होडबाट बाहिरिसकेको छ ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २–१ को जित हासिल गरेको थियो ।
त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४–१ गोल अन्तरले हारेको थियो ।

पोखरा ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछ ।

खेल भुुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।

नेपाल प्रतियोगिताको उपाधि जित्ने होडबाट बाहिरिसकेको छ ।

यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २–१ को जित हासिल गरेको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४–१ गोल अन्तरले हारेको थियो ।

भारतले भने लगातार ४ खेलमा जित हासिल गरेको छ ।

भारतले पहिलो खेलमा नेपाललाई ७–० ले, दोस्रो खेलमा बंगलादेशलाई २–० ले, तेस्रो खेलमा भुटानलाई ८–० ले र चौथो खेलमा भुटानलाई ५–० ले पराजित गरेको थियो ।

अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् ।

डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले च्याम्पियसिपमा अब अर्को खेल आउँदो आइतबार भुटानसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति २०८२ भदौ १३ गते शुक्रबार १०:२८
हजुरको प्रतिक्रिया