२०८३ असोज २३ गते शुक्रबार

मुलुकलाई चुनौती दिने कुनै पनि आर्थिक अपराध नियन्त्रण गर्न सरकार तत्परः अर्थमन्त्री

मुलुकलाई चुनौती दिने कुनै पनि आर्थिक अपराध नियन्त्रण गर्न सरकार तत्परः अर्थमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १३ गते शुक्रबार ०४:२३

काठमाडौँ । उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई नै चुनौती दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्न तत्पर रहेको बताएका छन्।शुक्रवार राष्ट्रियसभा बैठकमा...

काठमाडौँ ।

उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई नै चुनौती दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्न तत्पर रहेको बताएका छन्।शुक्रवार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले मुलुकलाई चुनौति दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न सरकार विश्वका कुनै पनि मुलुकसँग सहकार्य गरेर अघि बढ्न सक्षम रहेको बताए। राज्यलाई नै चुनौती दिनसक्ने गरी ठूला र गम्भिर प्रकृतिका आर्थिक अपराधहरु नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने सरकारले प्रयास गर्दै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले त्यस कर्तव्यप्रति सरकार सचेत रहेको बताए। उनले नेपाललाई आर्थिक रुपमा ग्रे लिष्ट पर्न नदिने पनि दोहो¥याए।

प्रकाशित मिति २०८२ भदौ १३ गते शुक्रबार ०४:२३
हजुरको प्रतिक्रिया