तनहुँ
हरिया पाटनमा ढकमक्क फूलेका बुकीफूलमा चर्दै गरेका भेडाको बथानको दृश्य निकै लोभलाग्दो देखिन्छ । पाटनभर भेडाको बथान छिरोल्लिदाको दृश्य मनमहोक देखिन्छ ।
यही दृश्यका कारण पनि बाग्लुङको ढोरपाटनको शीरैमा रहेका बुकीपाटनले पर्यटक लोभ्याइरहेको छ ।
बर्खा सुरु भएपछि बेशीका किसानले भेडीगोठ पाटनतिर उकाल्ने गर्दछन् । बुकीपाटनको पोषिलो घाँसले वस्तुभाउ पुष्टिने भएकाले पाटनतिर बर्खा बिताएर दशैं मनाउन भेडीगोठालाहरु ओर्लन्छन् ।
दहखर्क, गार्पाछेडा, फुस्रेदेउराली, टीकाधारा, फागुनेधूरी हुदैँ जल्पातालसम्मको बुकीपाटनमा बागलुङसहित रुकुमपूर्व, म्याग्दी र डोल्पाका गोठलाले भेडासँगै घोडा, भैसी चराउन पु¥याउँछन् । बुकीपाटन, बकूीफूल, गोठ, गोठालो जीवनशैलीले पर्यटकलाई उकालिरहेको छ ।





प्रकाशित मिति २०८२ भदौ १५ गते आइतबार ०२:२४