२०८३ असोज २४ गते शनिबार

पोखरामा जुवातास खेलिरहेका ८ जना पक्राउ

पोखरामा जुवातास खेलिरहेका ८ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १५ गते आइतबार ०८:३१

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–८ बगाले टोलमा जुवातास खेलिरहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ १४ गते राति ८ बजे प्रहरी टोलीले गोबर्धन कुँवरको घरमा छापा मार्दा उनीहरू जुवातास...

पोखरा ।

कास्की प्रहरीले पोखरा महानगरपालिका–८ बगाले टोलमा जुवातास खेलिरहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ १४ गते राति ८ बजे प्रहरी टोलीले गोबर्धन कुँवरको घरमा छापा मार्दा उनीहरू जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। प्रहरीले सो क्रममा नगद १ लाख २१ हजार ४२५ रुपैयाँ र ५२ पत्तीको १ बुक तास बरामद गरेको छ।

पक्राउ पर्नेमा पोखरा–४ गणेश टोलका ४९ वर्षीय यम बहादुर गौतम, पोखरा–६ का ३४ वर्षीय कृष्ण बस्नेत, पोखरा–८ बगाले टोलका ३५ वर्षीय लक्ष्मण कुँवर, ३८ वर्षीय महेन्द्र कुँवर र ५० वर्षीय बसन्त कुँवर, पोखरा–८ सृजनाचोकका ३० वर्षीय राम यादव, सोही वडा निवासी ३० वर्षीय राम प्रवेश राम र पोखरा–६ का ३८ वर्षीय आकाश केसी रहेका छन्।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८२ भदौ १५ गते आइतबार ०८:३१
हजुरको प्रतिक्रिया