२०८३ असोज २४ गते शनिबार

पोखरामा कमर्शियल आर्टिष्ट संघद्वारा ईम्बोक्स नम्बर प्लेट रोक्न सरकारलाई ध्यानाकर्षण

पोखरामा कमर्शियल आर्टिष्ट संघद्वारा ईम्बोक्स नम्बर प्लेट रोक्न सरकारलाई ध्यानाकर्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १६ गते सोमबार ०४:२०

सवारी साधनहरुको डाटा तथा सफ्ट्वेयरको माध्यमबाट नेपाल र नेपालीको विवरण विदेशी कम्पनीको पहँचमा जाने भन्दै चिन्ता व्यक्त

पोखरा ।
नेपाल कमर्शियल आर्टिष्ट संघ, कास्कीले सवारी साधान ईम्बोक्स नम्बर प्लेट जडान रोक्न माग गदै सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल कमर्शियल आर्टिष्ट संघ, कास्कीका अध्यक्ष रमेश कुमार राई, संघका पदाधिकारी सदस्यहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाए ।
संघले सवारी साधनहरुको डाटा तथा सफ्ट्वेयरको माध्यमबाट नेपाल र नेपालीको विवरण विदेशी कम्पनीको पहँचमा जाने भन्दै चिन्ता व्यक्त गरेको छ । देशभर करिब १ लाखकको संख्यामा रहेका स्वरोजगार कमर्शियल आर्टिष्टहरुको बैकलीक व्यवस्था बिना नै उनिहरुको रोजिरोटी खोसिने गरि गरिएको निर्णय खेदजनक रहेको संघले जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार ०४:२०
हजुरको प्रतिक्रिया