२०८३ असोज २४ गते शनिबार

गोरखा बस दुर्घटनामा २१ जना घाइते, ३ जनालाई काठमाडौं रेफर

गोरखा बस दुर्घटनामा २१ जना घाइते, ३ जनालाई काठमाडौं रेफर

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ भदौ १७ गते मंगलबार ०१:४१

गोरखा । गोरखा जिल्लाको आरुघाट बजार नजिकै टाँरी फाँटमा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्। काठमाडौँबाट माछाखोलाका लागि छुटेको बाग्मती प्रदेश–०१–००६ ख ४१३१ नम्बरको रात्री बस बिहान करिब ५ बजे अनियन्त्रित भई...

गोरखा ।

गोरखा जिल्लाको आरुघाट बजार नजिकै टाँरी फाँटमा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्।

काठमाडौँबाट माछाखोलाका लागि छुटेको बाग्मती प्रदेश–०१–००६ ख ४१३१ नम्बरको रात्री बस बिहान करिब ५ बजे अनियन्त्रित भई सडकबाट करिब ४ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये बस चालक गण्डकी गाउँपालिका–२ का ३८ वर्षीय झक बहादुर थापा मगर, गोरखा नगरपालिका–४ का ३० वर्षीय दुर्गा बहादुर खत्री र भारत मोतिहारीका १४ वर्षीय अलि आलमलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। चालक मगरको कम्मरमा चोट, खत्रीको खुट्टा र टाउकोमा चोट र आलमको दाहिने खुट्टा भाँचिएको छ।

अन्य घाइतेहरूको विवरण यसप्रकार छः

काभ्रे तिमाल–८ का ४५ वर्षीय आकास तामाङ, हात र टाउकोमा चोट

चुमनुब्री–२ की २० वर्षीया छिरिङ छो, शरीरमा चोट

आरुघाटका २५ वर्षीय बिशाल गुरुङ, हातमा चोट

भारत मोतिहारीका ३० वर्षीय कप्रेस आलम, हातमा चोट

भिमसेनथापा–२ का २८ वर्षीय लोकनाथ भट्टराई, शरीरमा चोट

इलाम सूर्यदय–१२ का २० वर्षीय किसान राई, गालामा चोट

भिमसेनथापा–२ का २० वर्षीय सचिल बाबु भट्टराई, कोखमा चोट

२८ वर्षीय गणेश भट्ट, मुखमा चोट

२३ वर्षीय सन्देश भट्टराई, शरीरमा चोट

४८ वर्षीय टेक प्रसाद भट्टराई, शरीरमा चोट

आरुघाट–८ का ५२ वर्षीय यदु कुमार सोडारी, शरीरमा चोट

आरुघाट–५ का ३१ वर्षीय सन्तोष खड्का, टाउको र हातमा चोट

महोत्तरी जलेश्वर–७ की २५ वर्षीया सुजिता यादव, शरीरमा चोट

आरुघाट–६ का २९ वर्षीय दिपक गुरुङ, टाउकोमा चोट

धार्चे–२ का ५४ वर्षीय घारे गुरुङ, शरीरमा चोट

आरुघाट–४ का ३० वर्षीय रोमन गुरुङ, काँधमा चोट

धार्चे–५ की २५ वर्षीया मेलिना गुरुङ, कम्मरमा चोट

धादिङ त्रिपुरासुन्दरी–२ का ३२ वर्षीय धर्मेन्द्र थापा मगर, टाउकोमा चोट

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था मध्यम छ। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि गोरखा अस्पताल तथा काठमाडौँ पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ।

प्रकाशित मिति २०८२ भदौ १७ गते मंगलबार ०१:४१
हजुरको प्रतिक्रिया