२०८३ साउन २१ गते बिहीबार

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल शुक्रबारदेखि पोखरामा हुँदै

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल शुक्रबारदेखि पोखरामा हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १८ गते बुधबार ०७:४०

ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पुजा पनि गरिएको छ ।

पोखरा ।

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण गरिएको छ ।

शुक्रबारदेखि पोखरामा सुरु हुने लिगको ट्रफी बुधबार फेवा ताल किनारमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि मेयर आर्यलले पोखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उनले खेलले केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने समेत बताए । ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पुजा पनि गरिएको छ । इन्फनिटी ड्रीम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने लिग भदौं २८ गतेसम्म चल्नेछ ।

लिगको पहिलो खेल साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच हुनेछ । उक्त खेल २० गते दिउँसो २ बजेबाट सुरु हुनेछ । सोही दिन दोस्रो खेल ललितपुर क्विन्स र मधेश युनाइटेडबिचको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ । भदौ २६ गतेसम्म दैनिक दुई खेल हुनेछ । लिगमा ६ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले एकअर्कासंग खेल्नेछन् ।

शीर्ष दुईमा हुने टोलीले भदौ २८ गते उपाधिका लागि भिड्नेछन् ।

प्रकाशित मिति २०८२ भदौ १८ गते बुधबार ०७:४०
हजुरको प्रतिक्रिया