२०८३ असोज २३ गते शुक्रबार

एभरेष्ट महिला भलिबल लिगः काठमाडौंको पहिलो जित, मधेशको दोस्रो हार

एभरेष्ट महिला भलिबल लिगः काठमाडौंको पहिलो जित, मधेशको दोस्रो हार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २२ गते आइतबार ०४:३२

पोखरा । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३(१ को सेटले पराजित गर्‍यो । पहिलो सेट २६(२४...

पोखरा ।

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३(१ को सेटले पराजित गर्‍यो ।

पहिलो सेट २६(२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३(२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो । काठमाडौंले तेस्रो सेट २५(२३ र चौथो सेट २५(१९ ले आफ्नो पक्षमा पार्‍यो । काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।

आजको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०४:३२
हजुरको प्रतिक्रिया