२०८३ साउन २१ गते बिहीबार

लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपल्ट महिला नेतृत्व निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपल्ट महिला नेतृत्व निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २३ गते सोमबार ०८:५१

संघको १५ औं महाधिवेशनअन्तर्गत आइतबार राति सम्पन्न मतगणनामा उनले अध्यक्षका प्रत्यासी राजेन्द्र ओझालाई १६३ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि निर्वाचित हुन सफल भएकी हुन् ।

जानुका पराजुली अधिकारी प्यानलको ‘क्लिन स्विप’

 

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा जानुका पराजुली अधिकारी प्यानल निर्वाचित भएको छ ।

संघको लामो इतिहासमा पहिलोपल्ट महिला नेतृत्व निर्वाचित हुँदै इतिहास रचेको छ ।

संघको १५ औं महाधिवेशनअन्तर्गत आइतबार राति सम्पन्न मतगणनामा उनले अध्यक्षका प्रत्यासी राजेन्द्र ओझालाई १६३ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि निर्वाचित हुन सफल भएकी हुन् ।

लामो समयदेखि संघमा आबद्ध जानुका यसअघि महासचिव थिइन् । कुल २०१९ मतदातामध्ये चुनावमा १ हजार ८८१ मत खसेको थियो । यसमध्य विजयी जानुकाले ९९६ मत प्राप्त गरिन् ।

ओझाको पक्षमा ८३३ मत आयो । जानुका प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला निर्वाचित भए । उनले ९६६ मत प्राप्त गर्दाका ओझा प्यानलबाट उपेन्द्रराज सुवेदी (राजु) ले ८५३ मत ल्याएका छन् ।

प्रथम उपाध्यक्षमा निर्वाचित विक्रम कर्माचार्यले ११ सय ५० मत ल्याउँदा उनका प्रतिस्पर्धी मेनुका श्रेष्ठले ६७४ ल्याइन् ।

त्यस्तै, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी) १२ सय १८ मत ल्याउँदै निर्वाचित भए । उनका प्रतिस्पर्धी धीरजकुमार श्रेष्ठले ६०३ ल्याएका छन् ।

महासचिवमा भरतराज ओझा निर्वाचित भए । उनले ९५५ मत ल्याए । उनका प्रतिस्पर्धी जीवन तिवारीले ८७६ ल्याए । महासचिवमा झिनो मतान्तरले भरतराज ओझा निर्वाचित भएका हुन् ।

उपमहासचिवमा गंगाकुमारी मल्लले लक्ष्मीप्रसाद ढुंगाना (एलपी) लाई पराजित गरिन् ।

त्यस्तै कोषाध्यक्षमा हरि बस्ताकोटीले १ हजार २७ मत ल्याउँदै निर्वाचित हुँदा अर्का उम्मेदवार टीकाराम सापकोटाको पक्षमा ७७८ मत परेको छ ।

संस्थागत सदस्यमा दुवै समूहका साझा उम्मेदवार वीरभद्र कँडेल निर्विरोध भए । एसोसियट सदस्यमा जानुका प्यानलकै दयाराज भण्डारी निर्वाचित भए ।

संस्थागत सदस्यमा विरभद्र कंडेल यस पहिले नै निर्विरोध निर्वाचित भएका थिए ।

खुल्ला सदस्यमा नबिन पुनले एक हजार ३६, विरेन्द्र भुर्तेल ९७७, दिपक अधिकारी ९६०, कृष्ण तिमिल्सिना ८८३, प्रतिक्षा रानाभाट एक हजार ४०, गंगा पौडेल ९४४, संदीप बुढाथोकी ८८३ र सुजन न्यौपानपेले एक हजार ७२ मत प्राप्त गरी बिजयी भएका छन् ।

अध्यक्षसहित जानुका पराजुलीको प्यानलले सबै पदमा ‘क्लिन स्विप’ गर्दै पूर्ण विजय हासिल गरेको छ ।

प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार ०८:५१
हजुरको प्रतिक्रिया