२०८३ साउन २१ गते बिहीबार

समाजवादीको महासचिव बेदुराम भुषाल, सचिवमा रामकुमारी झाक्री

समाजवादीको महासचिव बेदुराम भुषाल, सचिवमा रामकुमारी झाक्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असोज ७ गते बिहीबार १२:२६

नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो । उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् ।...

एकीकृत समाजवादीले पदाधिकारी टुंग्यायो

नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो ।

उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । समाजवादीले महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ ।

उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिदैछ ।

प्रकाशित मिति २०७८ असोज ७ गते बिहीबार १२:२६
हजुरको प्रतिक्रिया