२०८३ असोज २४ गते शनिबार

पोखरा सभागृह अगाडि जेन–जीको नाराबाजी

पोखरा सभागृह अगाडि जेन–जीको नाराबाजी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ११:१०

पोखरा । जेनजी पुस्ताको दोस्रो दिनको आन्दोलन अझ उग्र भएको छ । हिजोको प्रदर्शनका क्रम सरकारको दमनका कारण १९ जनाको ज्यान जानुका साथै ४ सय २२ जना घाइते भएपछि आज उनीहरु सरकारविरूद्ध देशव्यापी प्रदर्शन चर्काएका हुन् । आज दोस्रो दिनको...

प्रहरीको भ्यानलाई बाटो छेकेरै गराए फिर्ता

पोखरा ।

जेनजी पुस्ताको दोस्रो दिनको आन्दोलन अझ उग्र भएको छ ।

हिजोको प्रदर्शनका क्रम सरकारको दमनका कारण १९ जनाको ज्यान जानुका साथै ४ सय २२ जना घाइते भएपछि आज उनीहरु सरकारविरूद्ध देशव्यापी प्रदर्शन चर्काएका हुन् ।

आज दोस्रो दिनको प्रदर्शनमा जेनजीले नेताका घर र सरकारी कार्यालयहरुलाई निशाना बनाएका छन् ।

देशभरका विभिन्न स्थानमा जारी भएको कफ्र्यूको अवज्ञा गर्दै प्रदर्शनकारी नेताका घर र निवासमा तोडफोड गरेका छन् ।

उनीहरुले सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा आगजनी तथा तोडफोड गरेका छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा पनि तोडभोड गरेका छन् ।

यता पोखरामा यूवाहरुले सभागृह अगाडि नाराबाजी गरिरहेका छन् ।

 

 

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ११:१०
हजुरको प्रतिक्रिया