२०८३ असोज २५ गते आइतबार

बालेनको आग्रह- अब संयमित हुनुहोला

बालेनको आग्रह- अब संयमित हुनुहोला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ०३:२९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटन गर्नुपर्ने माग अघि सारेका छन् । जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै बालेनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह पनि गरेका छन् । ‘हामीले...

देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हाे

काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटन गर्नुपर्ने माग अघि सारेका छन् ।

जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै बालेनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह पनि गरेका छन् ।

‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीको आन्दोलन हो’, बालेनले भनेका छन्,‘प्रिय जेनजी तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!’
उनले देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति भएको भन्दै तपाईँ–हामी अब संयमित हुनु जरुरी रहेको बताएका छन् ।

‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ’,बालेनले भनेका छन् ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०३:२९
हजुरको प्रतिक्रिया