२०८३ असोज २३ गते शुक्रबार

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २५ गते बुधबार ०२:४९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले...

काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन ।

विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो ।

यसअघि विमानस्थल आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो ।
याे सँगै आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् । उडान प्रभावित बन्दा पर्यटकहरू फर्कन पाएका छैनन् भने विदेशबाट घर फर्कने नेपालीहरू समेत राेकिएका छन् ।

प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०२:४९
हजुरको प्रतिक्रिया