२०८३ साउन २१ गते बिहीबार

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २५ गते बुधबार ०२:५३

कार्यलयले बन्द रहेको अवस्थामा विमानस्थलमा नआउन पनि आग्रह

काठमाडौ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यलयले बुधवार एक विज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मको लागि विमानस्थल बन्द रहने जनाकारी दिएको हो ।उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यूआदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँ लगायतले विमानको सुरक्षामा गम्भिर असर पर्नसक्ने देखिएकोले विमानस्थल बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यलयले बन्द रहेको अवस्थामा विमानस्थलमा नआउन पनि आग्रह गरेको छ । विमानस्थल खुलेको सूचना पाए पश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थल आउन कार्यलयले अनुरोध गरेको छ ।
कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यूआदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँ लगायतले विमानको सुरक्षामा गम्भिर असर पर्नसक्ने देखिएकोले अर्को सूचना नभएसम्मको लागि विमानस्थल बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि पुनः अनुरोध छ । विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआईदिन हुन साथै विमानस्थल खुलेको सूचना पाए पश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थल आउन हुन सम्पूर्ण यात्रु महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०२:५३
हजुरको प्रतिक्रिया