२०८३ असोज २५ गते आइतबार

संविधान रक्षार्थ आन्दोलन शुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

संविधान रक्षार्थ आन्दोलन शुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २६ गते बिहीबार १०:२६

संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरुले आन्दोलन गर्ने समाचारहरु बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरु खटिएका छन् ।

काठमाडौं ।

संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरुले काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । काठमाडौंको माईतीघर, कालीमाटी, नक्शाल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरुमा सेनाले गस्ती गरिरहेको छ ।

साथै सवारी साधनमा हिँड्नेहरुलाई चेकजाँच गरिरहेको छ ।

उनीहरुलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ ।

संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरुले आन्दोलन गर्ने समाचारहरु बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरु खटिएका छन् ।

प्रकाशित मिति २०८२ भदौ २६ गते बिहीबार १०:२६
हजुरको प्रतिक्रिया