२०८३ असोज २३ गते शुक्रबार

साफ यू–१७ च्याम्पियनसिप : नेपाली राष्ट्रिय फुटबल टोली श्रीलंका जाँदै

साफ यू–१७ च्याम्पियनसिप : नेपाली राष्ट्रिय फुटबल टोली श्रीलंका जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २८ गते शनिबार ०९:४०

साफ यू–१७ च्याम्पियनसिपमा यही सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा आयोजना हुँदैछ ।
च्याम्पियनसिपमा नेपाल समूह ए मा छ । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा घरेलु टोली श्रीलंकासँग खेल्नेछ भने सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

पोखरा ।

साफ यू–१७ च्याम्पियनसिप खेल्न नेपाली यू–१७ राष्ट्रिय फुटबल टोली आज श्रीलंका प्रस्थान गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको छ ।

साफ यू–१७ च्याम्पियनसिपमा यही सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा आयोजना हुँदैछ ।

मुख्य प्रशिक्षक संजीत सिंहले त्यसका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका छन् ।

च्याम्पियनसिपमा नेपाल समूह ए मा छ । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा घरेलु टोली श्रीलंकासँग खेल्नेछ भने सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

भारत, माल्दिभ्स, पाकिस्तान र भूटान समूह बी मा छन् । च्याम्पियनसिपमा सेमिफाइनलका खेलहरु सेप्टेम्बर २५ र फाइनल सेप्टेम्बर २७ मा हुनेछ ।

नेपाली टोलीमा गोलकिपरमा पेम्बा नुर्बु भोटे, राम बोहरा, बिशेष बानियाँ, डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अन्मोल कार्की, मौसम रोकाया, अन्ज खड्का छन् ।

त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिष थापा मगर, भुपेश लामा, नासिब हेन्जन, सुषान मगर, सुजन स्याङ्तान, फरवार्डः समिर कुमार, दिग बिजय शाही, निस कुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति २०८२ भदौ २८ गते शनिबार ०९:४०
हजुरको प्रतिक्रिया