२०८३ साउन २१ गते बिहीबार

जेन जी आन्दोलनमा ज्यान गुमाउनेहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

जेन जी आन्दोलनमा ज्यान गुमाउनेहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३१ गते मंगलबार ०४:२७

काठमाडौ । जेन—जी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पोस्टमार्टम सकिएसँगै ज्यान गुमाएका शहीदहरुको त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको...

काठमाडौ ।

जेन—जी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
पोस्टमार्टम सकिएसँगै ज्यान गुमाएका शहीदहरुको त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
शव यात्रामा गृहमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो । द्वय मन्त्रीहरुले मृतकको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । आन्दोलनमा ७० जना भन्दा बढीले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरी बलले मृतकलाई सलामी अर्पण गरी सम्मान व्यक्त गरेका छन् । सरकारले आन्दोलनमा मृत्यु हुनेहरुलाई शहीद घोषणा गरी जनही दश लाख नगद राहत स्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।

 

प्रकाशित मिति २०८२ भदौ ३१ गते मंगलबार ०४:२७
हजुरको प्रतिक्रिया