२०८३ साउन २१ गते बिहीबार

जिपीमा अब हप्तामा पाउनेछन् ३० जनाले डायलासिस सेवा

जिपीमा अब हप्तामा पाउनेछन् ३० जनाले डायलासिस सेवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ३ गते शुक्रबार १२:४४

तनहुँ । तनहुँकाे जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले दुई सिफ्टमा डायलासिस सेवा शुरू गरेकाे छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालले यो हप्तादेखि दुई सिफ्टमा सेवा दिन थालेको हो । अब...

तनहुँ ।

तनहुँकाे जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले दुई सिफ्टमा डायलासिस सेवा शुरू गरेकाे छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालले यो हप्तादेखि दुई सिफ्टमा सेवा दिन थालेको हो । अब हप्तामै ३० जना मृगौलाका बिरामीले डायलासिस सेवा पाउने अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

३० जना बिरामीले हप्तामा दुई पटक डायलासिस गराउनेछन् ।

पहिला एक सिफ्टमा चल्दा १५ जना बिरामीले हप्तामा दुई पटक डायलासिस सेवा लिदै आइरहेका थिए । जनशक्तिको व्यवस्थापन भएमा तीन सिफ्टमा सञ्चालन गर्न सकिने उनको भनाइ छ । अस्पतालको हेमो डायलासिस युनिटमा सात वटा डायलासिस मेसिन जडान गरिएको छ ।

लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा बैशाख तेस्रो सातादेखि हेमो डायलासिस युनिट सञ्चालनमा ल्याइएको हो । तनहुँमा जिपीसँगै प्रदेश अस्पताल दमौलीमा पनि डायलासिस सेवा उपलब्ध छ ।

प्रकाशित मिति २०८२ असोज ३ गते शुक्रबार १२:४४
हजुरको प्रतिक्रिया