२०८३ असोज २३ गते शुक्रबार

टाटा जेन्युइन पार्टसको खरिदमा १५० सिसिको बजाज पल्सर

टाटा जेन्युइन पार्टसको खरिदमा १५० सिसिको बजाज पल्सर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ३ गते शुक्रबार ०३:१०

काठमाडौं । टाटा मोटर्सका टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रालिले टाटा जेन्युइन पाट्र्सको प्रत्येक खरिदमा आकर्षक अफर सार्वजनिक गरेको...

काठमाडौं ।
टाटा मोटर्सका टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रालिले टाटा जेन्युइन पाट्र्सको प्रत्येक खरिदमा आकर्षक अफर सार्वजनिक गरेको छ।

हालै देशमा आएको संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको योजनालाई पुनः सुरु गर्दै कम्पनीले यसपालिको दशैँ, तिहार एवं छठ पर्वको अवसरमा “पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला” नामक विशेष योजना ल्याएको हो।

यस योजनामा सहभागी हुने ग्राहकहरूले हरेक खरिदमा ग्यारेन्टीसहित रु. १,००० सम्मका क्यासब्याक कुपनहरू पाउनेछन् भने लक्की ड्रमार्फत बम्पर उपहारसहित विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।

१ लाख रुपैयाँ भन्दा बढीको खरिदमा १५० सिसिको बजाज पल्सर (बम्पर उपहार), ७५ हजार भन्दा बढीको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५ हजार भन्दा बढीको खरिदमा स्मार्ट टिभी र ५ हजार भन्दा बढीको खरिदमा स्मार्टफोन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

टाटा जेन्युइन पाट्र्सले गाडीका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण अङ्गहरूलाई दिगो संरक्षण गर्ने मात्र होइन, मर्मत खर्चमा समेत बचत गर्ने र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने सुनिश्चित गर्दछ।

प्रकाशित मिति २०८२ असोज ३ गते शुक्रबार ०३:१०
हजुरको प्रतिक्रिया