२०८३ असोज २३ गते शुक्रबार

साफ महिला क्लब च्याम्पियनशिप फुटबल : डिसेम्बर ५ देखि २० सम्म नेपालमा हुने

साफ महिला क्लब च्याम्पियनशिप फुटबल : डिसेम्बर ५ देखि २० सम्म नेपालमा हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ४ गते शनिबार १०:१६

प्रतियोगितामा नेपालको एपीएफ, भारतको इस्ट बंगाल, भूटानको ट्रान्सपोर्ट युनाइटेड, बंगलादेशको नसरिन स्पोट्र्स एकेडेमी र पाकिस्तानको कराची सिटी क्लब सहभागी हुनेछन् ।

पोखरा ।

साफ महिला क्लब च्याम्पियनशिप फुटबलको पहिलो संस्करण आउँदो डिसेम्बरमा हुने भएको छ ।

प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म नेपालमा आयोजना हुने दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले जनाएको छ ।

रंगशाला भने तोकिएको छैन ।

साफ महिला क्लब च्याम्पियनशिपमा नेपालसहित, भारत, भूटान, बंगलादेश र पाकिस्तानका क्लब सहभागी हुनेछन् ।

प्रतियोगितामा नेपालको एपीएफ, भारतको इस्ट बंगाल, भूटानको ट्रान्सपोर्ट युनाइटेड, बंगलादेशको नसरिन स्पोट्र्स एकेडेमी र पाकिस्तानको कराची सिटी क्लब सहभागी हुनेछन् ।

दक्षिण एशियाभरिबाट ५ उत्कृष्ट टोलीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितालाई महासंघले ऐतिहासिक भनेको छ ।

प्रकाशित मिति २०८२ असोज ४ गते शनिबार १०:१६
हजुरको प्रतिक्रिया